अछाममा नदी गाउँमा पस्यो चार जनाको मृत्यु, १५ जना वेपत्ता

धनगढी । अछामको रामारोशन गाउँपालिका वडा नम्बर ३ सान्तडाको सैनिबजारको बस्ती नै बगाउँदा १५ जना भन्दा बढी सम्पर्क विहीन भएका छन् ।
मध्यराती कैलाश खोला नदीले सैनीबजारका घर बगाउँदा १५र१६ जना सम्पर्कमा नरहेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याले गाउँपालिकाबाट त्यस्तो खवर आएको बताए । उनका अनुसार नदीले बगाएका चार शव प्राप्त भएको छ ।
ठूलो जनधनको क्षति भएको खवर छ घटनास्थलमा सदरमुकामसहित विभिन्न प्रहरी चौकीबाट सुरक्षा टोली गइरहेकोले पूर्ण क्षतिको विवरण आउन नसकेको प्रजिअ उपाध्यायले बताए ।
सञ्चार र सडक अवरोधका कारण मानवीय भौतिक र अन्य क्षतिको विवरण संकलन र उद्दारमा समस्या भइरहेको पनि उनले बताए ।