३० बैशाख २०८१, आईतवार

बाजुरामा खाद्यान्न अभाव : आपूर्तिको टुंगै छैन



बाजुरा । बाजुरामा खाद्यान्न अभाव बढ्दै गएको छ । खाद्य व्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा गत वर्षको कोटा अनुसारको ढुवानी नभएका कारण अहिले जिल्लामा खाद्यान्न अभावको समस्या बढेको छ ।

यस वर्ष वर्षाका कारण साँफे–मार्तडी तथा मार्तडी–कोल्टी सडक बिग्रेका कारण खाद्यान्न आपूर्तिमा कठिनाई भइरहेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीका बाजुरास्थित दुवै डिपोमा दुई महिनादेखि खाद्यान्न मौज्दात सकिएको छ । ती डिपोका लागि गत वर्षको स्वीकृत सात हजार क्विन्टल चामलमध्ये दुई हजार पाँच सय क्न्टििल चामल ढुवानी हुन सकेको थिएन ।
कोरोना महामारीका कारण बाहिरी जिल्ला र भारतका विभिन्न शहरबाट नेपालीहरु जिल्लामा भित्रिएपछि खाद्यान्नको माग अझ बढेको छ ।

अहिले बाजुरामा खाद्यान्न ढुवानी गर्न सडक यातायात सञ्चालनमा छैन ।

बाजुरा जिल्लामा आफ्नो कृषि उत्पादनले तीन महिना मात्र खान पुग्ने जनसंख्या ४० प्रतिशत रहेको छ । बाजुरामा हरेक वर्ष ११ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ ।

कृषि ज्ञान केन्द्रको बाजुरा कार्यालयका अनुसार जिल्लामा नौ दशमलव २१ प्रतिशत मात्र खेतीयोग्य जमीन रहेको छ । खेतीयोग्य जमिनमा पनि सिंचित क्षेत्र एक दशमलव ४२ प्रतिशत मात्र रहेको छ ।

बुढीनन्दा नगरपालिका वडा नम्बर ६ का तुलाराज मल्लले भने– हामी भोकमरीको चपेटामा पर्दैछौ । डिपोमा एकदाना पनि चामल छैन । बजारमा पनि चामल छैन ।

हिमाली गाउ“पालिका वडा नम्बर ४ का रामचन्द्र बुढथापाले आफू चामलका लागि कोल्टी डिपोमा आएको बताए । उनले भने– कवाडीबाट हिडेर आए । तर न त डिपोमा चामल छ, न बजारमा ।
कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रशाद जोशीले यस वर्ष गहु“ खेती पनि त्यति राम्रो नभएको बताए ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले जिल्ला खाद्य व्यवस्थापन समितिले खाद्यान्न ढुवानीका लागि दुई पटक माग गरेर पत्राचार गरेको बताए । उनले भने– तिहारअघि सडक बन्ने सम्भावना छैन, त्यसैले हवाईजहाजबाट चामल ढुवानीको लागि माग गर्ने तयारी गरेका छौं ।

खाद्य व्यवस्थापन तथा ब्यापार कम्पनीका कोल्टी डिपो प्रमुख नविनप्रसाद आचार्यले वर्षा र पहिरोका कारण सडक बिग्रेकोले सडकमार्गबाट ढुवानीको सम्भावना नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार