५ जेष्ठ २०८१, शनिबार

एसईईको नतिजा सार्वजनिक (नतिजा सहित)



काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । 

एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।

उनले भने,’ विद्यालयले पठाएको नतिजा प्रमाणित गर्ने निर्णय गर्‍यौं । गत वर्ष जस्तो नतिजा विश्‍लेषण गरेनौं ।’

नतिजा हेर्न यहाँ क्लिक गराैं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार