१६ बैशाख २०८१, आईतवार

धनगढीकाे वडा नं. ३ बन्द



धनगढी । धनगढी उपमहानगरपालिकाको वडा नं. ३ को कार्यालय १० दिनका लागि बन्द गरिएको छ ।

वडामा कोरोना संक्रमण बढेकाले वडा समितिको बैठकले भदौ १० गतेसम्मका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको हो । वडाध्यक्ष बलबहादुर ऐरले समुदायमा संक्रमण फैलिन सक्ने भएकाले वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जनाए । उनले कार्यालय बन्द नगरे समुदायमा कोरोना फैलिन सक्ने बताए ।

उने अति आवश्यक काममा मात्रै वडाबासीलाई घर बाहिर जान आग्रह पनि गरिएको बताए । वडा नं. ३ मा समुदायमा रहेका व्यक्तिहरुलाई समेत कोरोना संक्रमण देखिन थालेपछि सतर्कता अपनाउनु पर्ने देखिएको वडाध्यक्ष ऐरले बताए । केही दिन पहिले वडा नम्बर ३ को अस्थायी प्रहरी पोस्टमा कार्यरत वडा नम्बर एक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोस मुडभरीले अन्य वडा कार्यालय पनि गर्ने बिषयमा छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार