१६ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा सक्रिय संक्रमितकाे संख्या बढ्याे



धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितकाे संख्या पुनः बढेकाे छ ।

केहि दिनयता सक्रिय संक्रमितकाे संख्या साढे सात सय भन्दा कम भएकाे सुदूरपश्चिममा साेमबार याे संख्या बढेर अाठ सय नजिक पुगेकाे हाे । साेमबारकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले सुदूरपश्चिममा सक्रिय संक्रमितकाे संख्या अाठ सय ११ जना रहेकाे जनाए ।

उनका अनुसार हालसम्म सुदूरपश्चिममा चार हजार दुर्इ सय सात जना संक्रमण मुक्त भएर घर फर्केका छन् भने पाँच हजार १६ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । १० जनाकाे काेराेनाका कारण ज्यान गएकाे छ ।

पछिल्लाे चाैबीस घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएकाे परीक्षणमा कैलालीका १६ र कञ्चनपुरका १२ गरी २८ जनामा संक्रमण पुष्टी भएकाे छ भने डडेल्धुरा जिल्ला अस्पतालमा गरिइकाे परीक्षणमा डडेल्धुराका एक जनामा संक्रमण पुष्टी भएकाे छ । प्रवक्ता डा. गाैतमले साेमबार साँझ चार बजेसम्म सुदूरपश्चिममा २९ जना संक्रमित थपिएकाे बताए ।

विभिन्न देशबाट अाएर साेमबार सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनमा तीन हजार छ सय ९९ जना छन् भने १२ जना संक्रमित हाेम अाइसाेलेशनमा बसेर उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार