१५ बैशाख २०८१, शनिबार

३३ केभिमा रुख ढल्दा धनगढीको विद्युत आपूर्ति बन्द



धनगढी । निरन्तरको वर्षाको कारण गोदावरी नगरपालिका–५, गेटा स्थित मनहरा खोला नजिक रुख ढल्दा धनगढीको विद्युत आपूर्ति बन्द भएको छ ।

शुक्रबार बिहान करिब ८ बजे रुख ३३ केभि प्रशारण लाईनमाथि खसेपछि धनगढी वितरण केन्द्रबाट आपूर्ति हुने सम्पूर्ण विद्युत आपूर्ति अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले अहिले रुख हटाउने काम भइरहेको जनाए ।
उनका अनुसार रुख हटाएर क्षतिग्रस्त प्रशारण लाईन मर्मत पछि मात्रै विद्युत आपूर्ति हुने छ । उनले लाईन क्लियर गर्न अझै दुई घण्टा जति समय लाग्ने छ ।
विहानैदेखि विद्युत अवरुद्ध हुँदा धनगढी क्षेत्रका विद्युतबाट चल्ने सम्पूर्ण उद्योगहरु बन्द छन् । विद्युत आपूर्ति नहुदा धनगढी उपमहानगरपालिका क्षेत्रका बासिन्दा विद्युतीय काम गर्न पाइरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार