युवा दिवसमा रक्तदान

धनगढी । अन्तरास्ट्रिय युवा दिवसको अबसरमा रक्तदान गरेको छ ।
धनगढी उपमहानगरपालिका १३ राजपुर युवा क्लबले बुधबार सो रक्तदान गरेको हो ।
५० जना युबा हरुले बिरामी लाई रगतको अभाब हुन नदिन दिवसको अबसरमा रक्तदान गरिएको क्लबका सल्लाहाकार निरासा सनमले अनुमोदन अनलाईनलाई जानकारी दिए ।
बिहानैबाट शुरु गरिएको सो रक्तदानमा स्वास्थ्यकम्रीको समेत सहभागीता रहेको क्लबका अध्यक्ष केशब बुढाले बताए ।
उनले लामो समयदेखि क्लबले सरसफाई अभियान गर्नुका साथै क्वारेन्टाईनमा बसेकाहरुलाई खाना नास्ताको समेत व्यवस्था गर्दै आईरहेको बताए । क्लबले गर्ने हरेक काम कार्बाहीमा धनगढी उपमहानगरपालिका १३ का वडा अध्यक्ष बिजयराज जोशीको समेत साथ र सहयोग रहदै आएको बुढाको भनाई छ ।