१५ बैशाख २०८१, शनिबार

विद्युत कार्यालय जलमग्न भएपछि…



धनगढी । अविरल वर्षाका कारण नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको परिसर जलमग्न भएपछि दुई दिनदेखि विद्युत महशुल लिन बन्द गरिएको छ ।

विगतका वर्षमा सामान्य वा भारी वर्षा पर्दा परि सामान्य जलमग्न हुने प्राधिकरणको प्राङ्गण यस वर्ष भने बढी प्रभावित भएको छ ।

केन्द्रका प्रमुख सुरेन्द्रकुमार चौधरीले पानीको निकास नहुँदा कार्यालय जलमग्न भएको बताए । उनले भने– सोमबार पानी कक्षभित्रैनै छिर्दा काम प्रभावित भएको थियो भने मंगलबार विहानैदेखि भारी वर्षा भएपछि महशुल भुक्तानी लिन बन्द गर्न बाध्य हुनुपर्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार