४ जेष्ठ २०८१, शुक्रबार

डोटीमा बस दुर्घटना : तीनै जनाको लास सनाखत




डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका –१ खिरसैन तल्लोफुलौटटमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा अछाम बान्नीगडी ३ बस्ने ६० वर्षका पदम साउद, चौरपाटी ७ बस्ने ३५ वर्षका टीकाराम विक र कैलालीको नारायपुर ४ की ५५ वर्षकी लछ्मा विक रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक मोहन बहादुर साउदले जानकारी दिए ।

भारतबाट घर फर्किएकाहरुलाइ ल्याएर धनगढीबाट अछामकोे लागि छुटेको ना ६ ख २५२९ नम्बर कर्णाली रिभर यातायातको बस आज बिहान ५ बजे तिर दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा अन्य २९ जना घाइते भएका छन । घाईतेहरुलाइ उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ ।

प्रहरीका अनुसार बस सडकबाट करिव १०० मिटर तल खोचमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार