२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिम प्रदेशमा पुनः अविरल वर्षा



धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा शनिबार रातिदेखि पुनः अविरल वर्षा भइरहेको छ । अविरल वर्षाका कारण प्रदेशका पहाडी जिल्लामा पहिरो र बाढी तथा तराईका जिल्लाहरूमा बाढी र डुबानको समस्या फेरि बढेको छ । शनिबार रातिदेखि सक्रिय वर्षाका कारण सोमबार कैलालीका अधिकांस स्थान जलमग्न रहेका थिए । भारी वर्षाका कारण जनधनको क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार कतिपय जिल्लामा पहिरो तथा बाढीमा केही व्यक्तिको मृत्यु भएको छ भने केही वेपत्ता भएका छन् ।
प्रदेश प्रहरी कार्यालयका अनुसार डडेल्धुरा गन्यापधुर गाउ“पालिका वडा नम्बर २ मेलमुडाका ५० वर्षीय मानबहादुर बोहराको खोलामा बगेर मृत्यु भएको छ । मानबहादुर रडुवा खोलामा नुहाउने क्रममा बगेको बताइएको छ । उनको शव घटनास्थलबाट एक किलोमिटर तल खोलामा फेला परेको जनाइएको छ ।
बाजुरा बडिमालिका नगरपालिका वडा नम्बर २ घागर बस्ने डम्मर महत (वडा अध्यक्ष) की ६५ वर्षीया आमा औशी देवी महत पहिरोमा परि वेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिराले सो वडाको सामुदायिक कुटानी पिसानी मिल र सामुदायिक तरकारी संकलन केन्द्र बगाएको छ । भने २० जनाको घर तथा चौपाया बगाएको छ ।
बाढी तथा पहिरोबाट सो वडाका नौ जना परिवारको घर जोखिममा रहेकोले खेतमा त्रिपाल गाडेर राखिएको प्रहरीले जनाएको छ । २० जना बिस्थापित परिवारलाई घटाल आधारभुत विद्यालय र सामुदायिक बन कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
कैलालीको मोहन्याल गाउ“पालिका वडा नम्बर ३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर बिष्ट खोलाले बगाएको छ । सल्लेरीमा भएको नेपाली काग्रेसको कार्यक्रमबाट फिर्ता हुने क्रममा गेदान खोलाले उनलाई बगाएको प्रहरीले जनाएको छ ।
उनी बगेको ठाउ“बाट अन्दाजी ५० मिटर तल ठुलो खोलामा टाउ“को र खुट्टमा चोट लागेर घाईते अवस्थामा फेला परेका थिए । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।
अविरल वर्षाका कारण कैलालीको मुख्य बजार धनगढी विहानैदेखि जलमग्न रहेको थियो । धनगढीको क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, बिशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, चटकपुर लगायतका अधिकाशं शहरी क्षेत्रमा डुवान भएका छन् ।
उपमहानगरपालिकाको वडा नम्बर ७ को मनेहरा, मोतिचोक, भानुचोक क्षेत्र, वडा नम्बर १२ को मनेहरा मुक्त कमैया बस्तीमा पानी भरिएको छ । मुक्त कमैया बस्तीका १ सय ५० घरमा पानी पसेकोे वडा अध्यक्ष गणेशराज जोशीले जानकारी दिए । वडा अध्यक्ष जोशीले स्काभेटरले सडक किनारका नालीहरू थुप्रिएको माटो हटाएर पानीलाई निकास दिने काम भइरहेको बताए ।
मुक्त कमैया शिबिर र कम्पनी गाउ“को बीचमा रहेको कालिका मन्दिरको नर्सरीमा रहेका चार वटा सिंसौंका रुख ढल्दा ५ घण्टा बाटो अवरुद्ध भएको थियो । डोजरको प्रयोग र स्थानीयहरूको सहयोगमा रुखहरू हटाएर ११ बजेदेखि बाटो सञ्चालन गरिएको वडा अध्यक्ष जोशीले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार अविरल बर्षाका कारण धनगढी उपमहानगरपालिका–७ शिक्षानगरका १४ बटा घरधुरी, बसन्तटोलका ५० घरधुरी, वडा नम्बर १ शिबनगरका ४० बटा घरधुरीहरूमा घरभित्र पानी पस्न गई घर भित्र बस्न समस्या भएकोले निजहरूलाइ सुरक्षित स्थानहरूमा बस्न लगाइएको थियो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर बस्ने सहदेव सिंहको बोईलर फर्ममा रहेका पा“च सय वटा कुखुरा मध्ये तीन सय कुखुराको मृत्यु भएको र दुई सय कुखुराको उद्दार गरेको अन्य जोखिम रहेको जनाइएको छ ।
कैलालीको दक्षिण पूर्वी क्षेत्र भजनी नगरपालिका वडा नम्बर ५ लालबोझी, कौवाखेडा र वडा नम्बर ७ स्थित सुकुम्बासी टोलमा कान्द्रा नदीमा पानिको बहाब बढन गई एक सय घरहरूमा एक फिट बराबर पानि पसेको जनाइएको छ ।
कैलालीको भजनीका बाढी पीडित परिवार पुनः विस्थापित भएका छन्् । शनिबार रातिदेखि निरन्तर वर्षा भएपछि भजनीमा पुन बाढी आउ“दा भजनी ८ का एक सय १७ परिवार विस्थापित भएका छन्् ।
घर फर्किएको तीन दिनमै पुनः विस्थापित हुनुपरेको बाढी पीडितको गुनासो छ । शनिबार रातिदेखि निरन्तर अविरल वर्षा भएपछि भजनी ८ खल्लाटोल सोनाहफा“टाका ४०, डाढाटिकका ५२ र कृष्णनगरका २५ परिवारले घर छोडेका छन्् । विस्थापित परिवार पथरैया नदीको पुलमाथि पाल टा“गेर बसेको स्थानीय जयप्रसाद ढुंगानाले जानकारी दिए ।
बाढी पीडित धनकला विकको परिवार एक साता पथरैया पुलको बासपछि तीन दिनअघि पानी सुकेपछि घर फर्किएको थियो । विकको परिवारले भत्केको घर मर्मतको तयारी थालेको थियो तर सोमबार विहानै गाईभैसी र बालबच्चा सहित पुनः सडकमा फर्किएको छ । ‘अन्नपात केही रहेन, लुगाकपडा सबै बगे’, विकले भनिन्– ज्यालादारी गरेर भए पनि पेट पालौला सोचेका थियौ“, तर घरमा बस्नै नपाइने भयो ।
भजनी नगरपालिकामा साउन १४ गते आएको बाढीले एक हजार छ सय ७१ परिवार विस्थापित भएका थिए । उनीहरू पुनः विस्थापित हुनुपर्ने अवस्था आएको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए ।
जल तथा मौसम विज्ञान महाशाखाका अनुसार सोमबार कर्णाली नदीको सतह चेतावनी तह पार गरेको छ । समाचार तयार पारुन्जेल कर्णाली नदीको सतह १० दशमलब १३ मिलिमिटर पुगेको छ । कर्णालीको सर्तकता तह १० र चेतावनी तह १० दशमलब आठ मिलिमिटर मानिएको छ ।
भारी वर्षाका कारण पहाडी जिल्लामा कतिपय स्थानमा पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी वर्षा धनगढीमा भएको छ । धनगढीमा आइतबार राती ८ बजेदेखि सोमबार सा“झ ५ बजेसम्म ६४ दशमलब एक मिलिलिटर वर्षा भएको छ । यस्तै, दीपायलमा २० र डडेल्धुरामा १० मिलिलिटर वर्षा भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार