२३ बैशाख २०८१, आईतवार

संविधान सभा सदस्य श्रीपाइलीको पहलमा हुलाकी सडक मर्मत हुँदै




भजनी । तत्कालित संविधान सभाका सदस्य हरिराम श्रीपाइलीको नेतृत्वमा हुलाकी सडकको खाल्डाखल्डी भर्ने काम सोमबारदेखि शुरु भएको छ ।

स्थानीय १५० बढीको सहभागितामा बाढीका बेला तीन जना बगेर मृत्यु भएको भजनी नगरपालिका–८ सोनाफाँटामा पर्ने हुलाकी सडकको पुल भरान गरिएको छ ।

मैले ५००० दिएर जेसिविमा तेल हाल्न लगाएर जेसिवी सहित स्थानीयको सहयोगमा दिउँसो ११ बजेदेखि ७ बजेसम्म हुलाकी सडकका खाल्डाखुल्डी भर्ने काम भयो नेता श्रीपाइलीले भने आज मुख्य समस्या रहेको एउटा पुल भरान गरियो भोलि अरु दुई पुलको भरान गरेपछि भोलि दिउँसोदेखि नै भजनी, सत्ति, टीकापुर क्षेत्रमा यातायातका साधन चलाउन सहज हुने छ ।

भजनीमा हुलाकी सडकको झण्डै तीन किलोमिटर क्षेत्र अघिल्लो साता आएको बाढीले विगारेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार