२३ बैशाख २०८१, आईतवार

विप्लव समूहका नेता ओम पुन फेरि पक्राउ



धनगढी । विप्लव नेतृत्वकाे नेकपा नेता पाेलिटब्युराे सदस्य ओमप्रकाश पुन फेरि पक्राउ परेका छन् ।

जिल्ला अदालत कैलालीले ५० हजार धरौटीमा साेमबार रिहा गरेपछि धरौटी जम्मा नगरेकाे भन्दैै प्रहरीले उनलाई पक्राउ गरेर कारागार चलान गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम जवराले आधिकारिक परिपत्र नआएपनि धरौटी जम्मा नगरेकाे हुनाले उनलाई कारागार चलान गरेकाे बताए ।

नेता पुनलाई एक महिनाअघि फुलबारीबाट धनगढी आउदा प्रहरीले पक्राउ गरेकाे थियाे । नेता पुनकी श्रीमती तथा महिला नेतृ पूर्णिमा धामीलाई अदालतले सामान्य तारेखमा रिहा गरेकाे छ ।

तर उनलाई पनि डडेलधुरामा मुद्धा रहेको भन्दै फेरि पक्राउ गरेर लगिएको छ । उनलाई डडेलधुरा लैजाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार