कैलालीमा भिषण वर्षा (तस्बिर फिचर सहित )
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/08/Bhajani-768x364.jpg?resize=720%2C341&ssl=1)
धनगढी । कैलालीमा विहानैदेखि अविरल वर्षा भएको छ । वर्षाले प्रदेशको अस्थायी राजधानी धनगढीका दर्जनौ स्थान डुवानमा परेका छन् ।
नगढीमा शिवनगर क्षेत्र अझ बढी प्रभावित मानिन्छ । शिवनगरमा पूर्व सामाजिक विकासमन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारी र इन्सेकका क्षेत्रीय प्रमुख खड्कराज जोशीको घर वरपर पनि डुवान परेको छ । मेरो घरमा पानी थामिएन भने म सहित धेरैका घरमा पानी पस्ने सम्भावना छ प्रदेश सभा सदस्य सोडारीले भने केहीको घरमा पानी पसिसकेको छ ।
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/08/Main-1.jpg?resize=416%2C750&ssl=1)
जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम अव्जरवर बृजलाल चौधरीका अनुसार आज कैलालीमा विहान ८ः४५ बजेसम्म ५४.३ मिलिमिटर वर्षा भएको छ । कैलालीमा यसअघि साउन १५ गते सबैभन्दा बढी १९८.३ मिलिमिटर वर्षा भएको थियो ।
हेर्नुस धनगढीको शिवनगर र हसनपुर क्षेत्रको डुवान तस्बिरमा
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/08/dhi-1.jpg?resize=416%2C750&ssl=1)
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/08/Dhi-2.jpg?resize=416%2C750&ssl=1)
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/08/p1-768x704.jpg?resize=720%2C660&ssl=1)
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/08/p2-768x512.jpg?resize=720%2C480&ssl=1)
कैलालीको सबैभन्दा बढी डुवान क्षेत्र मानिने कैलालीको भजनी क्षेत्रमा पनि पानी परेको छ ।
पानी परेर डुवानमा पर्ने चिन्ताले त्यहाँका सर्वसाधारणहरु चौपाया सहित हुलाकी सडकमा त्रिपाल हालेर बस्न थालेको संविधान सभाका सदस्य हरी श्रीपाइलीले वताए ।
भजनी क्षेत्रमा विहान २ बजेदेखि पानी पर्न थालेको उनले वताए ।
भजनी नगरपालिका ८ सोनहाफाँटाका सर्वसाधारण बाढी आउने डरले अझ बढी आतंकित भएको भजनी नगरपालिकाकी कार्यपालिका सदस्य कमला ज्ञवालीले वताइन । हेर्नुस तस्बिर
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/08/BHajni-2-768x363.jpg?resize=720%2C340&ssl=1)
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/08/bhj3-768x363.jpg?resize=720%2C340&ssl=1)