३ जेष्ठ २०८१, बिहीबार

होपब्रिजद्धारा कोरोना संक्रमित महिला सेन्टरलाई सहयोग



धनगढी । होपव्रिज संस्थाले कैलालीको धनगढीस्थित बि–पोलिटेक्निकमा स्थापना गरिएको कोरोना भाइरसबाट संक्रमित महिला होल्डिङ सेन्टरमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

सेन्टरमा बसेका व्यक्तिहरुलाई खाद्यान्न अभाव हुन नदिन र सरसफाइमा सहयोग पुर्याउन आइतबार धनगढी उपमहानगरपालिकामार्फत खाद्यान्न र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

संस्थाका प्रदेश संयोजक महेन्द्र बमले धनगढी उपमहानगरपालिकाका नगर कोभिड–१९ नियन्त्रण समितिका संयोजक तथा वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बराललाई सेन्टरमै पुगेर सामाग्री हष्तान्तरण गरेका हुन ।

सामाग्री बुझ्दै वडा अध्यक्ष बरालले संस्थाको सहयोगबाट महिला होल्डिङ सेन्टर व्यवस्थापनमा सहयोग पुगेको बताए । उनले संस्थालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे ।

संस्थाले मसिनो चामल ६० किलोग्राम, चना, मटर, मास, मसुरो दुई/दुई किलो, तेल एक लिटर प्याकेटको दुई, नुन एक केजी, गहुको पिठो पाच किलो, अण्डा ६० पिस, ग्यास सिलिण्डर एक र ह्याण्ड स्यानिटाइजर तीन बोतल सहयोग गरेको जनाइएको छ ।

यस्तै, सरसफाई अन्र्तगत सर्जिकल मास्क एक सय, सावुन, स्यानिटाइजर, टुथपेष्ट, टुथ ब्रस २०/२०, वितरण गरेको थियो । यस्तै, खुशी प्याकेजअन्र्तगत स्यानिटरी प्याड ४० पिस, स्याम्पु एक सय, विस्कुट ४० र फेस वास २० पिस सहयोग गरेको प्रदेश संयोजक महेन्द्र बमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार