१६ बैशाख २०८१, आईतवार

दुई पालिकामा मदिरा बिक्री तथा सेवन निषेध



बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ ।

पुर्चौंडी नगरपालिकाको वडा नम्बर ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको जनाइएको छ ।
मदिरा नियन्त्रण समितिको बैठकले गाउ“मा मदिराका कारण विभिन्न खालका समस्या सिर्जना भएकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाएको बताएको छ ।
समितिकोे निर्णय विपरीत कसैले मदिरा बिक्री गरेको पाइएमा १० हजार रुपैया जरिवाना गरिने निर्णय भएको स्थानीय अर्जुन लुहारले जानकारी दिए । त्यस्तै मदिरा सेवन गर्ने र ओसारपोसार गर्नेलाई पा“च हजार रुपैया जरिवाना गर्ने निर्णय भएको छ ।
मदिराका कारण समाजमा विभिन्न खालका हिंसाका घटना भइरहेकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाइएको मदिरा नियन्त्रण समितिका राजेन्द्र धामीले जानकारी दिए । यसका साथै जिल्लाको डिलाशैनी गाउ“पालिका वडा नम्बर ७ को मनेकुडा टोलमा पनि मदिरा र जुवातासमा रोक लगाइएको छ ।
बेतालेश्वर युवा क्लवमा आवद्ध युवाहरूले गाउ“मा जुवातास र रक्सी प्रतिबन्ध गरेको स्थानीय सागर ऐरले जानकारी दिए । वडा सदस्य लक्ष्मणबहादुर ऐरको उपस्थितिमा बसेको बैठकले वडाभित्र मदिरा बिक्री वितरण गरेमा पा“च हजार पा“च सय ५५ रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
त्यस्तै मदिरा सेवन गरी होहल्ला गरेमा दुई हजार छ सय, मदिरा ओसारपोसार गरेमा दुर्ई हजार रुपैयाँ जरिवाना लिने निर्णय गरेको युवा क्लबका अध्यक्ष कम्मान ऐरले जानकारी दिए ।
त्यस्तै कसैले जुवातास खेलाएमा एक हजार पाँच सय रुपैयाँ र जुवातास खेलेमा एक हजार रुपैयाँ जरिवाना गर्ने निर्णयसमेत भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार