३ जेष्ठ २०८१, बिहीबार

तिंकर सडक निर्माणका लागि सेनाको टोली पुग्यो



दार्चुला । नेपाली सेनाको टोली दार्चुला–तिंकर सडक निर्माणका लागि जिल्ला पुगेको छ । चालु आर्थिक वष २०७७/०७८ बाट दार्चुला–तिंकर सडकको निर्माण कार्य गर्ने जिम्मेवारी पाएसंगै नेपाली सेनाको टोली निर्माण सामग्रीसहित दार्चुला आइपुगेको छ ।

नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ जना नेपाली सेनाको टोली जिल्ला आइपुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी बिक्रमदेव थापाले बताए ।
नेपाली सेनाका आठ ओटा गाडीमा निर्माण सामग्रीसहित सेनाको टोली सदरमुकाम खलंगा पुगेको छ । नेपाली सेनाका महासेनानी गुरुङका अनुसार सडक निर्माण गर्नुपर्ने क्षेत्रको स्थलगत अवलोकन गरेर सोही अनुसार बन्दोबस्ती र व्यवस्थापन गरिने छ । भदौबाट सडक निर्माणको कार्य थाल्ने उनले बताए ।
गत बैशाख १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ब्या“स गाउ“पालिका वडा नम्बर २ घा“टिबगरदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणका जिम्मा दिने निर्णय गरेको थियो ।
२०६५÷६६ बाट निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माणको कार्य हालसम्म ४० किलोमिटर ट्रयाक खोलिएको छ । आर्थिक वर्ष २०७७÷०७८ बाट नेपाली सेनालाई दार्चुला–तिंकर सडक निर्माणको जिम्मेवारी दिएकाले नेपाली सेनाको टोली जिल्ला आइपुगेको हो ।
घा“टिबगर क्षेत्रमा नेपाली सेनाको टोलीले ४ सय ५० मिटर घोरेटो बाटो समेत निर्माण गरिरहेको छ । घोरेटो बाटो निर्माणको कार्य करिब आधा भइसकेको जनाएको छ । तल्लो क्षेत्रमा घोरेटो निर्माण भइरहेको छ भने माथिल्लो क्षेत्रमा सडक निर्माण थाल्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार