४ जेष्ठ २०८१, शुक्रबार

समुदाय स्तरमा स्वाब संकलन शुरु



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु गरेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशका नौ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि परिपत्र पठाइसकेको जानकारी दिए । ‘कोरोना संक्रमण पोजेटिभ भएर होम क्वारेन्टिनमा बसेका संक्रमित व्यक्तिका घरका कम्तीमा दुई सदस्यको पनि कोरोना परीक्षण गर्न निर्देशन दिएका छौ“’, स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले भने– सोहीअनुसार जिल्ला स्वास्थ्य कार्यालयले स्वाब संकलन शुरु गरिसकेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार सा“झसम्म सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा ४० हजार ५३७ को पिसिआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको निर्देशनालयले छ ।
‘सुदुरपश्चिम प्रदेशमा अहिलेसम्म समुदायस्तरसम्म कोरोना संक्रमण फैलिसकेको छैन’ स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले अनुमोदनसंग भने– संक्रमित व्यक्तिहरू अधिकांश बाहिर (भारत) बाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति छन् ।
उनका अनुहार हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित भएकामध्ये ७० प्रतिशत बिरामी निको भएर घर फर्किसकेका छन् ।
हालसम्म सुदूरपश्चिममा तीन हजार नौ सय ३८ जना संक्रमित कोरोना जितेर घर फर्किसकेको निर्देशनालयले जनाएको छ ।
कोरोना संक्रमणबाट कैलालीमा चार, बझाङ र बाजुरामा दुई÷दुई र अछाममा एक गरी नौ जनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले समुदायमा पनि कोरोना परीक्षण गर्न निर्देशन दिएबमोजिम डोटी जिल्लामा समुदायका ४५० जनाको कोरोना परीक्षण भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार