३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा कोरोना



धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सात, डडेल्धुरा अस्पताल प्रयोगशालामा तीन र नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा एक गरी ११ जनामा संक्रमण पुष्टी भएको हो ।
सेती अस्पतालमा शनिबार दिउ“सो चार सय सात जनाको स्वाव परिक्षण गर्दा कञ्चनपुरका तीन र कैलालीका चार जनामा संक्रमण पुष्टी भएको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेद्वारा जारी परिक्षण सम्बन्धी विवरणमा भिमदत्त नगरपालिका कञ्चनपुरका एक पुरुष, कृष्णपुर नगरपालिकाका दुई पुरुष तथा कैलालीको जोशीपुरका चार पुरुषमा संक्रमण पुष्टी भएको हो ।
यसैगरी शनिबार नै डडेल्धुरा अस्पतालमा सञ्चालित कोरोना परिक्षण प्रयोगशालामा गरिएको तीन सय ७८ जनाको स्वाब परीक्षणमा बझाङको केदारस्यू गाउ“पालिकाका तीन पुरुषमा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार