२१ बैशाख २०८१, शुक्रबार

टीकापुर नगरपालिकाको कारोना रोकथाममा झण्डै तीन करोड खर्च



टीकापुर । टीकापुर नगरपालिकाले कोभिड–१९ को संक्रमण, रोकथाम सम्वन्धी खर्च सार्वजनिक गरेको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावलले लकडाउनमा राहत वितरण र कोरोना संक्रमण रोकथाममा असार मसान्तसम्म दुई करोड ७८ लाख ६६ हजार रुपैया खर्च भएको जानकारी दिए ।

कोभिड १९ रोकथाम, उपचार र क्वारेन्टाइन व्यवस्थापनमा एक करोड तीन लाख, राहत वितरणमा ७९ लाख ३५ हजार, जोखिम भत्ता ३२ लाख ७८ हजार, क्वारेन्टाइन स्थलमा विजुली, पंखा, धारा, शौचालय व्यवस्थापनमा १५ लाख १२ हजार खर्च भएको छ, प्रमुख रावलले भने, कोभिड १९ रोकथामका लागि प्रयोग भएका नगरपालिका र प्रहरीहरुका सवारी साधनको इन्धनमा नौ लाख ५१ हजार, सवारी साधनहरु मर्मतमा पाँच लाख दुई हजार, स्वयंसेवक परिचालनमा सात लाख २६ हजार रुपैया र अन्य व्यवस्थापन खर्र्च भएको छ ।

नगरपालिकाको विपद व्यवस्थापन कोषमा तीन करोड २५ लाख ४४ हजार रुपैया जम्मा भएकोमा त्यसमध्ये खर्च कटाई अब कोषमा ४६ लाख ७८ हजार रुपैया वचत रहेको छ । कोभिड १९ को रोकथामका लागि भएको लकडाउनबाट प्रभावितलाई सात हजार २०० परिवारलाई राहत वितरण गरेको थियो ।

नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले १९ वटा क्वारेन्टाइनमा दुई हजार ९५४ जनालाई राखेर कोरोना जाच गरेर घर पठाएको जानकारी दिनुभयो । उनले टीकापुर नगरपालिकाभित्र ११२ जना संक्रमित भएकोमा शुक्रबारसम्म ७८ जना उपचार गरेर फर्केकोमा ३४ जना आइसोलेशनमा उपचार गराइरहेका बताए ।
टीकापुर नगरपालिकाको विपद् व्यवस्थापन कोषमा दाताहरुबाट १२ लाख ५४ हजार,सङ्घीय सरकारबाट १४ लाख २० हजार, प्रदेशबाट ५३ लाख ४० हजार र टीकापुर नगरपालिकाबाट दुई करोड ३४ लाख दुई हजार जम्मा भएको थियो । कोषमा जम्मा भएको रकमबाट असार मसान्तसम्मको खर्च कटाई ४६ लाख ७८ हजार विपद् व्यवस्थापन कोषमा बा“की रहेको छ । जिन्सीतर्फ ४७७ क्वीन्टल चामल, १८ क्वीन्टल दाल, चार हजार ६८८ सावुन लगायतको राहात सामग्री प्राप्त गरेको जानकारी दिइएको छ ।

प्रमुख रावलले टीकापुरबासी र टीकापुरलाई माया गर्ने नागरिक र संस्थाको सहयोगले लकडाउनमा राहात, क्वारेन्टाइन व्यवस्थापनका काम सहजै भएको र नगरपालिकाको कोषबाट थोरै रकम व्यहोर्नु परेको बताउदै सहयोगी सबैलाई धन्यवाद दिए आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार