२१ बैशाख २०८१, शुक्रबार

डडेल्धुरा अस्पतालमा शान्ति कायम गर्न सरोकारवाला सहमत




डडेल्धुरा । सँधै विवाद र स्वास्थ्यकर्मीलाई हातपात हुने गरेको संघीय सरकार मातहत रहेको सुदुरपश्चिम प्रदेशको एकमात्र डडेल्धुरा अस्पताललाई शान्ति क्षेत्र घोषणा गरिएको छ ।

अस्पतालमा बिरामी तथा उनीहरुका आफन्तबाट हुने घटनाहरुलाई न्यून गर्नका लागि यहाँका सरोकारवालाहरुले एक औपचारिक कार्यक्रमकावीच अस्पताललाई शान्तिक्षेत्र घोषणा गरेका हुन् । डडेल्धुरा अस्पताललाई शान्त, सुरक्षित र उत्कृष्ट सेवासहितको अस्पताल बनाउनका लागि डडेल्धुराका सरोकारावालाहरुले प्रतिबद्धता जनाएका हुन् ।

सुदूरपश्चिमका पहाडी सात जिल्लाको केन्द्र बिन्दुमा रहेको अपस्तालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार हुन नदिन र स्वाथ्यकर्मीहरुबाट सहिरुपमा सेवा प्रदान गर्ने वातावरण सिर्जना गर्नका लागि सर्वपक्षिय छलफल मार्फत प्रतिद्धता जनाउदै अस्पताललाई शान्ति क्षेत्र घोषणा गरिएको हो ।

अस्पतालले विकास समिति पाएपछि पहिलोपटक आयोजना गरिएको सर्वपक्षीय बैठकमा डडेल्धुराका सबै सरोकावालाहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले अस्पताललाई शान्त, सुरक्षित र उत्कृष्ट सेवासहितको बनाउन सरोकारावालाहरु सबैको सहयोग आवश्यक रहेको बताए ।

अध्यक्ष ओझाले सेवाहरु थप तथा प्रभावकारी बनाउन अस्पताल विकास समिति लागि परेको भन्दै सबै क्षेत्रलाई आवश्यक सहयोग तथा समन्वय गर्ने अनुरोध समेत गर्नुभयो ।

अस्पतालको स्तरोन्नती संगै यहाँको जनशक्ति र भौतिक विकासका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै केन्द्र सरकारसंगको समन्वयमा अस्पताललाई योजनावद्ध रुपमा अगाडि बढाउन यहाँका सरोकारवालाहरुले ऐक्यवद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार