२१ बैशाख २०८१, शुक्रबार

तीन दिने नेतृत्व विकास तथा महिला सशक्तिकरण कार्यशाला



अत्तरिया । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा तीज तथा गौरापर्वको अवसर पारेर अत्तरियामा तीन दिने नेतृत्व विकास तथा महिला सशक्तिकरण कार्यशाला शुरू भएको छ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कार्यक्रमको समुदघाटन गर्दे संस्कृति संरक्षण अपरिहार्य भएको बताए। देश विकासमा महिलाहरूको महत्वपूर्ण भूमिका रहेको जनाउदै मन्त्री सुवेदीले महिलाहरूलाई क्षमतावान बनाउन मन्त्रालयले बिबिध कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपसभामुख निर्मला बडाल जोशी, गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायत, संस्कृतिविद् एबम् तालिमका प्रशिक्षक डा.टीएन जोशी, नवजीवन सहकारी संस्थाका उपाध्यक्ष प्रा डा गोविन्दराज जोशी, केपी कलौनी, ईश्वरा आचार्य, भगवती पाठक लगायतले कार्यशालाको पूर्ण सफलताको कामना गरे।

शनिबारसम्म चल्ने तालिम तथा कार्यशालामा स्थानिय आमा समूहका चालिस महिलाको सहभागिता छ। नवजीवन सहकारी संस्थाको विशेष सहयोग र ग्लोबल आइएमईको प्रायोजनमा कार्यक्रममा हुन लागेको आयोजक लिला बास्कोटाले बताए।

तालिममा डा.गोविन्दराज जोशीले नेतृत्व विकास, डा.टीएन जोशीले सामाजिक सम्बन्ध तथा महिला सशक्तिकरण तथा केपी कलौनीले उद्घोषण कलाका विषयमा प्रशिक्षण दिने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार