२१ बैशाख २०८१, शुक्रबार

पत्रकार बिसीको मृगौला प्रत्यारोपणमा सहयोग गर्न अपिल



धनगढी । अछामका पत्रकार धु्रब बिसीको मृगौलाको उपचारमा सहयोग गरिदिन नेपाल पत्रकार महासंघले अपिल गरेको छ ।

महासंघको सुदूरपश्चिम प्रदेश समिति र अछाम जिल्ला शाखाले बिहिबार छुट्टा छुट्टै अपिल जारी गर्दै सबैलाई सहयोग गर्न अपिल गरेका हुन् । महासंघका प्रदेश महासचिव योगेश रावलले जारी गरेको अपिलमा पत्रकार बिसीको जीवनरक्षाका लागि हातेमालो गर्न अनुरोध गरिएको छ ।
नेपाल पत्रकार महासंघ अछामका पूर्व सदस्य रहेका बिसी रेडियो सोसाइटीका प्रबन्ध निर्देशक, नयाँ पत्रिका दैनिक र हिमालय टेलिभिजनका अछाम संवाददाता हुन् । उनी उच्च रक्तचापका कारण दुईवटै मिग्रौलामा समस्या आएपछि हाल काठमाण्डौंस्थित बिर अस्पतालमा उपचारत छन् । चिकित्सकले उनको दुबै मिग्रौला फेर्नु पर्ने भनेको छ ।
अपिलमा सुदूरपश्चिमको पहाडी जिल्लामा कार्यरत एक पत्रकारका लागि मिग्रौला फेर्न खर्चको जोहो गर्नु निकै चुनौतीपूर्ण रहेकाले आम पत्रकार, सबै शुभेच्छुक व्यक्तित्व, विभिन्न संघसंस्था, तथा सरकारी निकायहरु लगायत सबैमा जीवनरक्षाका लागि हातेमालो गरिदिन अनुरोध गरिएको छ ।
महासंघले सहयोग गर्न चाहने महानुभावले सोझै पत्रकार बिसीको राष्ट्रिय वाणिज्य संघ मंगलसेनस्थित शाखाको खाता नं. ४२६०००६३४२१० मा रकम जम्मा गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार