२१ बैशाख २०८१, शुक्रबार

मुख्यमन्त्रीको तयारी पुरा नहुँदा प्रदेश सभाको बैठक तीन दिन धकेलियो



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्बोधनको तयारी गर्न नसक्दा प्रदेश सभाको २७ औं बैठक स्थगित भएको छ ।

मुख्यमन्त्री भट्टले बिहिबारको बैठकमा सम्बोधन गर्ने कार्यतालिका तयार गरिएको भएपनि मुख्यमन्त्री भट्टले तयारी गर्न नसकेके हुनाले बैठक तीन दिन पछाडि धकेलिएको हो । बजेट पारित भएको २७ दिनपछि सञ्चालनमा आएको प्रदेश सभाको २७ औं बैठक सभामुखले बिहिबार दिउँसो ३ बजे आह्वान गरेका थिए । प्रदेशका सभामुख अर्जुनबहादुर थापाले भने, ‘मुख्यमन्त्रीको सदनमा सम्बोधन गर्ने तयारी पुरा भएन । त्यसैले बैठक स्थगित गरिएको हो ।’

गत साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले कोरोना नियन्त्रणमा गरिएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, पिसिआर चेकजा“चको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै सदन अवरोध गरिरहेका थिए । सभामुख थापाले भने –‘२७ दिनपछि बैठक शुरु भएपछि पहिलो दिन प्रमुख प्रतिपक्षी दलको नेताले विशेष समयमा सम्बोधन गर्ने र अर्को दिन प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्ने सहमति भएको थियो ।’ उनका अनुसार बैठकमा मंगलबार पेश गरिएका तीन वटा विधेयकमाथि सामान्य छलफल गरि विषयगत समितिमा पठाउने पनि कार्यसूचि रहेको थियो । सभामुख थापाले अर्को बैठक २५ गते दिउ“सो ३ बजे आह्वान गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार