गेरडी गाउँमा पहिरोले ६ घर पुरिए
![](https://i0.wp.com/www.anumodankhabar.com/wp-content/uploads/2020/07/darchula-pahiro2020-07-20-02-52-52.jpeg?resize=605%2C299&ssl=1)
धनगढी । कैलालीको चुरे गाउँपालिका–६ गेरडी गाउँमा पहिरोले ६ वटा घर पुरेको छ भने २३ वटा घर पहिरोको उच्च जोखिममा छन् । लगातारको वर्षाका कारण शनिबार दिँउसो पहिरो जाँदा चुरे गाउँपालिका–६ गेरडी गाउँका ६ वटा घर पहिरोमा पुरिनुका साथै २३ वटा घर उच्च जोखिममा रहेका हुन् ।
चुरे गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउँदका अनुसार गेरडी गाउँका स्थानीय मानसिंह ठगुन्ना, अम्बा बोहरा, प्रकाश बोहरा, हरिना बोहरा, गमिलाल बोहरा र मानबहादुर बोहरा गरी ६ जनाको घर पहिरोले पुरेर विस्थापित भएका छन् ।
उक्त गाउँमा अmभैm २३ घर पहिरोको उच्च जोखिममा रहेको उपाध्यक्ष साउँदले जानकारी दिइन् । गत विहीबार परेको लगातारको वर्षाका कारण चुरे गाउँपालिका–५ गुणी गाउँका ८ घर पहिरोले बगाएर लगेको थियो । गुणीका ८ घर परिवार पहिरोले घर बगाउँदा पूर्ण रुपमा विस्थापित भएका छन् ।
यसैगरी चुरे गाउँपालिका–५ पट्रेनी गाउँका २९ घर परिवार पनि पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।