३ जेष्ठ २०८१, बिहीबार

आज जनैपूर्णिमा



धनगढी । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाईदैछ । जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा–बन्धन बाँध्ने परम्परा छ ।

यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर मनाउने गर्छन् । यस्तै नेवारी समुदायमा क्वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ ।

यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो ।

यसै दिन आत्माको शुद्धीकरण र शरीर रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । आजकै दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिन्छ ।

वैदिक परम्पराअनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई डोरामध्ये एउटा डोरामा रहने तीन शिखालाई ब्रम्हा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको रुपमा मानिन्छ ।

यसै दिन तराईमा दिदी बहिनीले आफना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ । यस दिन दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छेअनुसारको उपहार आदानप्रदान गर्छन् ।

पछिल्ला वर्षमा पहाडी समुदायमा पनि राखी बाँध्ने चलन बढ्दो छ ।

आज सार्वजनिक विदा

रक्षा बन्धनका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश सरकारको बार्षिक कार्ययोजनामा नै रक्षा बन्धनका अवसरमा सार्वजनिक विदा दिने उल्लेख छ ।

मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रशाद जोशीले २०७७ सालका सार्वजजिक बिदा दिन गरिएका निर्णय प्रदेश राजपत्रमा समेत उल्लेख भइसकेको बताए ।

प्रदेश सकारको निर्णय संघिय सरकार मातहतमा रहेका सरकारी कार्यालयले भने मान्न बाध्य हुने छैनन् । प्रदेश सरकारले विश्व वातावरण दिवसका अवसरमा जेठ २३ गते रक्षाबन्धनका अवसरमा साउन १९ गते र अट्वारी पर्वका अवसरमा भदौ ७ गते भुवा पर्वका अवसरमा पुस १९ गते र खखडेहरा पर्वको अवसरमा चैत २३ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार