३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण



धनगढी । सुदूरपश्चिम प्रदेशमा आईतवार ४८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको हो ।

चार वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३२, डोटीका १२, बझाङका दुई, दार्चुला र बैतडीका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका ११, कैलालीका १० र बझाङका दुई जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षण्मा दार्चुृलाका एक जना र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डोटीका एक जनामा पनि कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए ।

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३८ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २२ र बैतडीका एक गरी २३ जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको बर्दगोरी गाउँपालिका वडा नम्वर ५ का तीन महिला र पाँच पुरुष गरी ८ जना, टीकापुर नगरपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जना, मोहन्याल गाउँपालिका वडा नम्वर ५ का दुई पुरुष, जोशीपुर गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए ।

उनका अनुसार धनगढी उप–महानगरपालिकाका वडा नम्वर ३ र ५ का एक÷एक जना पुरुष, घोडाघोडी नगरपालिका वडा नम्वर १ र गोदावरी नगरपालिकाका एक÷एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै बैतडीको पाटनका २६ बर्षीय युवकमा समेत कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार