३ जेष्ठ २०८१, बिहीबार

सांसद थापालाई राति नै नाइटभिजन हेलिकोप्टरबाट काठमाडौ लगिदै




धनगढी । मोटरसाइकल दुर्घटनामा घाइते भएकी सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिकुमारी थापालाई थप उपचारका लागि आज राति नै नाइटभिजन हेलिकोप्टरबाट काठमाडौ लगिने भएको छ ।


केही समयमै सो हेलिकोप्टर धनगढी पुग्नृ भएको छ । प्रदेश सरकारको पहलमा उनलाई काठमाडौ लैजान थालिएको हो । उनको अहिले धनगढीस्थित माया मेट्रा अस्पतालमा उपचार भईरहेका छ।

धनगढी उप–महानगरपालिका ८ बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा एउटा मोटरसाइकलले पछाडिबाट ठक्कर दिएपछि उनी गम्भीररुपमा घाइते भएकी छन्। उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।

प्रदेश सभा सदस्य थापाको अवस्था बुझ्न मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट लगायत उच्च पदस्थ राजनीतिककर्मी अस्पताल पुगेका छन् ।

थापा अछामबाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रणालीबाट निर्वाचित भएकी हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार