३ जेष्ठ २०८१, बिहीबार

बाजुराको ब्रहमतोला क्षेत्रको सडकमा समस्या यातायात सेवा अवरुद्ध ( हेर्नुस फोटो फिचर )



बाजुरा । साँफे‐मार्तडी सडकखण्ड अन्र्तगत बाजुराको बुढीगंगा नगरपालिकाको साविकको ब्रहमतोला गाविस क्षेत्रमा पर्ने सडक क्षेत्र अस्तव्यस्त भएको छ ।

लगातार परेको पानीले गर्दा गर्दा ताप्रिसेरा लगायतका क्षेत्रमा सडक भत्किने, पहिरो जाने क्रम जारी रहेको छ ।

बुढीगंगा नदी र त्यसका सहायक गुइगाड लगायतका खोलाहरुले सडक भत्काउने गरेको छ । भने सेरा क्षेत्रमा गुइगाइमा आएको ढुंगाले गर्दा बुढीगंगा नदी नै थुनिएको छ ।

नगर प्रमुख दीपकविक्रम शाहले आफूले भत्किएको बग्न थालेको सडक र पुलको अवलोकन गरेको बताए । उनले भने नगरको वजेटले मात्रै समस्या समाधान गर्न नसकिएकोले प्रदेश र केन्द्र सरकारलाई समस्या बारे जानकारी गराएको छु ।

साविकको ब्रहमतोलामा बढी समस्या देखिएको छ उनले भने साविककै कुल्देमाडौ गाविसको वाम्काबजार पनि भाँसिएको छ ।

ठाउँठाउँमा सडक विग्रेपछि साँफे ‐मार्तडी खण्ड अन्र्तगत रिठाबजार मार्तडीको यातायात सेवा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार