२२ बैशाख २०८१, शनिबार

बाजुरामा घरेलु हतियार सहित १ जना पक्राउ



बाजुरा । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –६ कोर्धबाट घरेलु हतियार सहित एकजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–६ का २८ वर्षिया मानबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विहिबार रातीको समयमा गाउँमा घरेलु हतियार लोड गरेर घरमा बसेको भन्ने विशेष सुराकि पछि उनलाई हतियार सहित रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका खड्कालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याईएको प्रहरीले जनाएको छ ।

विहिबार रातीको समयमा गाउँमा घरेलु हतियार लोड गरेर घरमा बसेको भन्ने विशेष सुराकि पछि उनलाई हतियार सहित रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार