२३ बैशाख २०८१, आईतवार

तिन दिन अघि पहिरो बेपत्ता धर्मको शब भेटीयो



बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका–१ अम्कोटमा पहिरोमा परी बुधबार बेपत्ता भएकासोही नगरपालिका– १ अम्कोट निबासी बर्ष २१ का धर्मराज पाध्यायको शब पहिरोमा पुरिएको अवस्थामा तिन दिन पछि भेटिएको छ ।

बेपत्ता पाध्यायको तिन दिन देखी नेपाली सेना शशस्त्र प्रहरी जनपथ प्रहरी र स्थानियले खाजी गरिरहेका थिए । पहिरो झर्न नरोकिएका कारण खोजी गर्न समस्या भएको थियो ।

बुधबार बाख्रा चराउन गएको बेला माथीबाट आएको पहिरोमा परि अन्य २ जना घाइते भएका थिए । घाइते हुनेमा बर्ष १७ का ज्ञानराज पाध्याय र बर्ष १६ का हरेन्द्र पाध्याय रहेका थिए । उनीहरुको उपचार भैरहेको छ । प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही मध्य १ जना सामान्य र १ जना गम्भीर घाइते भएका थिए ।

ज्ञानराज पाध्यायको अबस्था गम्भीर र हरेन्द्र पाध्यायको अबस्था सामान्य रहेको प्रहरीले जनाएको थियो । वेपत्ता भएका पाध्यायको खोजी कार्य जारी थियो । बुधबार शब पाएर आफन्तलाई बुुझाईएको छ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायालले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार