२२ बैशाख २०८१, शनिबार

कैलाली बाढीः वेपत्ता तीनै जनाकाे शव फेला



धनगढी । कैलालीमा बाढीले बगाएर वेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।

बुधबार अविरल वर्षाका कारण आएको बाढीले वगेर वेपत्ता भएका उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बाढीमा बगेर बेपत्ता भएका भजनी नगरपालिका वडा नम्बर ८ जनकपुरका गाउँका ९ वर्षीय स्केल चौधरी, ३३ वर्षीय चक्रबहादुर विक र काँडाढिकका ४० वर्षीय इश्वर शाहको शव फेला परेको प्रहरीले जनाएको छ ।

नौ वर्षिय बालक चौधरीको शव बिहिबार साँझ फेला परेको थियो भने शाह र विकको शुक्रबार घरबाट एक किलोमिटर तल मृत अवस्थामा फेला परेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रतिक विष्टले बताए ।

उनले बुधबार बेपत्ता भएका टंक शाही, हेमन्त शाही, विकी शाह, बल बहादुर चौधरीको सकुशल उद्दार गर्न सफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार