२३ बैशाख २०८१, आईतवार

कैलाली बाढीः दुइ जनाकाे शव फेला, एक अझै अज्ञात



धनगढी । कैलालीमा बाढीमा परि वेपत्ता भएका दुइ जनाको शव फेला परेको छ भने एक जना अझै वेपत्ता रहेका छन । कैलालीमा बुधबारको अबिरल बर्षा संगै आएको बाढीमा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ का ४० बर्षिय ईश्वर शाहको शव शुक्रबार फेला परेको हो भने बिहिबार स्केल चौधरीको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले शाहको शब बेपत्ता भएको ठाउँबाट १ किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको हो । उनी बाढीका कारण समस्यामा परेका स्थानीयको उद्धार गर्ने क्रममा चिफ्लिएर बाढीमा बेपत्ता भएका थिए ।

अझै भजनी नगरपालिका ८ का चक्र बिक भने बेपत्ता नै रहेको प्रहरी प्रबक्ता बिष्टले जानकारी दिए । उनले भने–‘आज पानी पनि रोकिएको छ, पानीको लेबल पनि घटेकाले बेपत्ता बिकको खोजी कार्य भैरहेको छ ।’

बुधबार सोही ठाउँमा बाढीमा बगेका तीन जनाको भने सकुशल उद्धार गरिएको थियो । पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार