२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा १४३१ सक्रिय संक्रमित, २९७३ डिस्चार्ज



धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) सक्रिय संक्रमितको संख्या एक हजार चार सय ३१ जना रहेको जनाएको छ ।

नियमित मिडिया ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबारसम्म सुदूरपश्चिममा रहेका कुल संक्रमित मध्ये दुई हजार नौ सय ७३ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्केको बताएका हुन् । प्रदेशमा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनका अनुसार हालसम्म सुदूरपश्चिममा चार हजार चार सय १३ जना संक्रमित भएका छन् ।
पछिल्लो चौविस घण्टामा गरिएको परीक्षण अनुसार सुदूरपश्चिममा नौं जना नयाँ कारोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सात जना र डडेल्धुरा जिल्ला अस्पतालमा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
सेतीमा गरिएको परीक्षणमा भिमदत्तनगरपालिका वडा नं. १३ का १९ वर्षीय, धनगढी उपमहानगरपालिका वडा नं. १ का २६ वर्षीय, वडा नं. ११ का ४५, ३७, ४६ र ४८ वर्षीय पुरुष तथा गोकुलेश्वर नगरपालिका वडा नं. ६ की २२ वर्षीया महिलामा बिहिबार कोरोना पुष्टी भएको छ ।
बिहिबारसम्म कैलालीमा पाँच सय दुई, बाजुरामा चार सय ४८, डोटीमा दुई सय आठ, अछाममा एक सय ३७, कञ्चनपुरमा ७४, डडेल्धुरामा ४०, बैतडीमा १० र दार्चुलामा ८ जना कोरोना संक्रमितलाई आइसोलेशनमा राखिएको छ भने बाँकी तीन जनालाई प्रदेश भन्दा बाहिरको जिल्लामा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार