२२ बैशाख २०८१, शनिबार

कैलालीः बाढीमा एककाे मृत्यु



धनगढी । कैलालीको भजनी नगरपालिका बाढीमा बगेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि वेपत्ता भएका भजनी नगरपालिका वडा नं. ८ जनकपुर गाउँका ९ वर्षीय इजीकेल चौधरी मृत फेला परेका हुन ।

यस्तै, वडा नम्बर ८ बस्ने ३३ वर्षिय चक्र बहादुर विक, काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाह अझै अज्ञात रहेका छन ।

प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अुनपम शमशेर जवराले अन्य वेपत्ताको खोजी कार्य भइरहेको बताए ।

उनले बुधबार बेपत्ता भएका टंक शाही, हेमन्त शाही, विकी शाह, बल बहादुर चौधरीको सकुशल उद्दार गर्न सफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार