२२ बैशाख २०८१, शनिबार

उद्दार तथा राहतमा खटिन कार्यकर्तालाइ नेता रावलकाे निर्देशन



धनगढी । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम इञ्चार्ज भिम रावलले प्राकृतिक विपदमा परेका जनताकाे उद्दार तथा राहतमा खटिन कार्यकर्तालाइ निर्देशन दिएका छन ।

सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि लगातार वर्षा हुँदा बाढी, पहिरो तथा डुवानमा परि धनजनको क्षति भएको छ ।

बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश इञ्चार्ज रावलले विपदका कारण जनधनको क्षति भएको खबरले दुःख लागेको बताएका छन ।

उनले प्राकृतिक विपदमा परेका जनतालाई उद्दारमा खटिएका स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरे । नेता रावलले पीडितहरुलाई उपयूक्त किसिमले राहत उपलब्ध गराउन, विस्थापितहरुलाई बासस्थानको व्यवस्था गर्न र क्षतिग्रस्त पुल, विद्युत आयोजना लगायतका भौतिक संरचनाहरुको पुनःनिर्माणका लागि आवश्यक प्रवन्ध मिलाउन आग्रह गरेका छन ।

नेता रावलले प्राकृतिक विपदको स्थितिमा जनतालाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तथा संक्रमितहरुको स्वास्थ्य उपचार गर्न विशेष ध्यान दिन पनि सम्बन्धित निकायहरुलाई सुझाव दिएका छन ।

Press-statement-77-4-15

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार