२ जेष्ठ २०८१, बुधबार

धनगढी वडा नम्बर १३ जोड्ने पुल भाँसियो



कैलाली । दुई दिन देखिको अबिरल बर्षाका कारण धनगढी उपमहानगर पालिका १३ जोडने पुल भासिएको छ ।

लामो समय देखि जिर्ण बनेको सो पुल नदिमा पानीको बहाब बढे संगै भाँसिएको हो । पुलको बिचको भाग दर्किएको छ भने इट्टा भत्किएको स्थानियले जानकारी दिए ।

पुलको अबस्था हेर्दा त नदीले बगाएर लग्छ कि भन्ने छ स्थानिय कमल बोहोराले भने पुल पुरानो भई सक्यो पुननिर्माण का लागी कसैको पनि ध्यान जान सकेको छैन ।

द शाईनिङ्ग धनगढी क्लबका अध्यक्ष गजेन्द्र बोहराले मालबाहाक सवारी साधन लाई आवत जावतमा रोक लगाएको बताए । पुलको निर्माण कार्य यसै बर्ष हुनु पर्ने यदि नभए सडक बन्द लगायतका संघर्षका कार्यक्रम अघि बढाउने उनले बताए ।

पुल माथी पानीको सतह आईसक्यो बगाउन पनि सक्छ क्लबका सह सचिब मनोज भट्टले अनुमोदन अनलाईनलाई जानकारी दिए ।

पुल भत्के वा पानीले बगाए गाउका नागरिकलाई बजार आवत जावतमा समस्या हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार