४ जेष्ठ २०८१, शुक्रबार

कैलालीमा ६ हजार बढी घरधुरी प्रभावित



धनगढी । अविरल वर्षाका कारण कैलालीमा छ हजार बढी घरधुरी प्रभावित भएका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कैलालीकाे भजनी, टीकापुर नगरपालिका तथा जाेशीपुर र जानकी गाउँपालिकाकाे छ हजार चार सय पाँच घरधुरी प्रभावित भएकाे जनाएकाे छ ।

टीकापुर नगरपालिकाकाे वडा नम्बर ६, ७ र ९ का ८ सय २५ घरधुरी, भजनी नगरपालिकाकाे १, २, ३, ५, ६, ७ र ८ का दुइ हजार दुइ सय ६५, जाेशीपुर गाउँपालिकाकाे १, २, ३, ४, ५, ६, ७ का २ हजार तीन सय १५ घरधुरी र जानकीका एक हजार घरधुरी प्रभावित भएकाे जनाइएकाे छ ।

प्रशासन कार्यालयका अनुसार भजनी नगरपालिका वडा नम्बर ८ का तीन जना वेपत्ता भएकाहरूकाे खाेजी कार्य जारी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार