८ जेष्ठ २०८१, मंगलवार

सुदूरपश्चिम भारी वर्षाः नदीको सतह कति र कहाँ कति वर्षा



धनगढी । अहिले सुदूरपश्चिमभरीनै भारी वर्षा भइरहेको छ । वर्षाका कारण कतै पहिरो त कतै बाढी, डुवान भइरहेको छ । बुधबार दिनभरी नदीको सतह घटबढ हुने क्रम जारी रहयो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार डडेल्धुराको महाकाली पारिगाउँ नदीको सतह पाँच दशमलब ५३ पुगेको छ । यो नदीमा पाँच दशमलबर ८० मिटरलाई सर्तकता र सात मिटरलाई खतरा मानिएको छ भने डडेल्धुराकै महाकालीको रंगौ खोलाको सतह एक दशमलब २५ मिटर रहेको छ । यो खोलामा तीन मिटरलाई सर्तकता तह र तीन दशमलब पाँच मिटरलाई खतरा मानिएको छ ।

बैतडीको सुर्नैया गाँडमा एक दशमलब ९४ मिटर सतह पुगेको छ । यस गाँडमा चार मिटरलाई सर्तकता तह र पाँच मिटरलाई खतरा मानिएको छ ।

अछामको कर्णाली असारघाँटमा छ दशमलब छ मिटर सतह पुगेको छ । यसमा सात दशशमलब ९० मिटरलाई सर्तकता र आठ दशमलब ९० मिटरलाई खतरा मानिएको छ ।

डोटीको गोपघाटस्थित पश्चिम सेतीमा तीन दशमलब ३९ मिटर सतह पुगेको छ । यस नदीमा पाँच दशमलब ५० मिटरलाई सर्तकता र छ दशमलब ३० मिटरलाई खतरा मानिने गरेको छ ।

कैलालीको चिसापानी नदीको सतह अहिले घटेको छ । साँझ सात बजेसम्म नदीको सतह नौ दशमलब ८५ मिटर पुगेको छ । यस नदीमा १० मिटरलाई सर्तकता र १० दशमलब आठ मिटरलाई खतरा मानिएको छ ।

तीन खोलामा सर्तकताभन्दा बढी वर्षा

सुदूरपश्चिमको तीन खोलामा सर्तकता तहभन्दा बढी वर्षा भएको छ । कञ्चनपुरको महाकालीको शान्तिपुर बेलौरी, कैलालीको टीकापुर चुरिया र चिसापानीमा वर्षा सर्तकता तहभन्दा बढी भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शान्तिपुर बेलौरीमा २४ घण्टामा एक सय ५८ दशमलब चार मिलिलिटर, टीकापुर चुरियामा दुई सय ७७ दशमलब चार मिलिलिटर र चिसापानीमा दुई सय ६२ मिलिलिटर वर्षा भएको जनाइएको छ ।

यस्तै कैलालीको धनगढी एयरपोर्टमा १९ दशमलब चार मिलिलिटर, निगालीमा २२ दशमलब छ मिलिमिटर, गाइबडे पुन्टुरामा ९३ दशमलब दुई मिलिमिटर, बैतडीको सतबाँझमा ७१ दशमलब आठ मिलिलिटर, डडेल्धुराको जोगबुढामा एक सय १८ दशमलब आठ मिलिलिटर, दार्चुलामा ९१ दशमलब दुई मिलिलिटर, साहुँखर्कमा २१ दशमलब छ मिलिलिटर, अछामको साफेबगरमा २१ दशमलब छ मिलिलिटर, डोटीको चिउरीमा एक सय २४ मिलिलिटर, अछामको असारघाटमा एक दशमलब चार मिलिलिटर वर्षा भएको जनाइएको छ ।

यस्तै अछामको मंगलसेनमा ६६ दशमलब छ मिलिलिटर, कमलबजारमा ६३ दशमलब छ मिलिलिटर वर्षा भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार