८ जेष्ठ २०८१, मंगलवार

बाजुरामा पहिरोमा परी १ जना बेपत्ता २ जना घाइते



बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका–१ अम्कोटमा पहिरोमा परी एक जना बेपत्ता भएका छन् भने दुई जना घाईते भएका छन् । बेपत्ता हुनेमा सोही नगरपालिका– १ अम्कोट निबासी बर्ष २१ का धर्मराज पाध्याय रहेका छन् ।

बाख्रो चराउन गएको बेला माथीबाट आएको पहिरोमा परी अन्य २ जना घाइते भएका छन । घाइते हुनेमा बर्ष १७ का ज्ञानराज पाध्याय र बर्ष १६ का हरेन्द्र पाध्याय रहेका छन । प्रहरी नजिकै रहेकोले तत्काल घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही मध्य १ जना सामान्य र १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

ज्ञानराज पाध्यायको अबस्था गम्भीर र हरेन्द्र पाध्यायको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । वेपत्ता भएका पाध्यायको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायालले बताएका छन । बुधबार दिउसो ३ बजेतिर बाख्रा चराउन गएको बेला सो घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार