८ जेष्ठ २०८१, मंगलवार

सुदूरपश्चिम र प्रदेश २ का जिल्लाहरुमा भारी वर्षा



धनगढी । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र अछाम तथा प्रदेश २ का महोत्तरी, धनुषा र सप्तरीमा मध्यम तथा भारी वर्षा भइरहेको जनाएको छ। 

देशका अन्य भूभागका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने नेपालको तराई भू-भागनजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार