२३ बैशाख २०८१, आईतवार

कर्णाली नदी सतहः सर्तकता तह नाघ्याे



धनगढी । कैलालीकाे चिसापानीमा लगातार सर्तकता तह पार गरेकाे छ । बढी वर्षासंगै नदीकाे सतह १० दशमलब दुइ मिटर पुगेकाे छ । विहान १० बजेसम्म कर्णाली नदीकाे सतह १० दशमलब २ मिटर पुगेकाे छ । कर्णालीकाे सतह १० मिटर पुगे सर्तकता तह र १० दशमलब ८ मिटरलाइ खतरा मानिएकाे छ ।

जल तथा माैसम पूर्वानुमान महाशाखा अनुसार कर्णालीमा लगातार सर्तकता तहभन्दा बढी वर्षा भइरहेकाे छ । महाशाखाका अनुसार टीकापुरकाे चुरियामा २४ घण्टामा २ सय ७१ मिलिमिटर वर्षा भएकाे छ भने चिसापानीमा २ सय ६० मिलिमिटर वर्षा भएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा एक सय मिलिलिटर, १२ घण्टामा एक सय २० मिलिलिटर र २४ घण्टामा एक सय ४० मिलिलिटर वर्षालाइ सर्तकता मानिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार