अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न सहयोग

धनगढी । कैलालीको कैलारी गाउँपालिकाका अपाङता भएका व्यक्तिहरुलाई खाद्यान्न राहत वितरण गरिएको छ ।
कमैया प्रथा उन्मुलन समाज कैलालीले कैलारी गाउँपालिका वडा नम्बर ४, ७ र ५ मा रहेका अपाङता भएका व्यक्तिहरुलाई मंगलबार खाद्यान्न राहत वितरण गरेको जनाएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ४ का १८ जना, वडा नम्बर ७ का ४९ जना र वडा नम्बर ५ का ६६ जना अपाङ्गता भएका ब्यक्तिलाइ खाद्यान्न सहयोग गरिएको परियोजना संयोजक सुरज परियारले जानकारी दिए ।
परियोजना संयोजक परियारका अनुसार प्रति परिवार २५ किलो चामल, दुई किलो दाल, एक किलो नुन र दुई पिस साबुन वितरण गरिएको थियो ।