२३ बैशाख २०८१, आईतवार

दार्चुला पहिरोमा बेपत्ता भएका दुवैजनाको शव भेटियो



दार्चुला । दार्चुलाको दुहु गाउँपालिका ३ स्थित सल्लेखेतीमा मंगलबार बिहान पहिरोमा परी बेपत्ता दुईजनाको शव भेटिएको छ। घरको माथिबाट पहिरो खस्दा एकै परिवारका दुईजना बेपत्ता भएका थिए।

सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।पहिरोमा १ भैंसी र ४ बाख्रा पनि पुरिएका थिए

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार