१८ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिमका दुइ नदीमा सर्तकता तहभन्दा बढी वर्षा



धनगढी । सुदूरपश्चिमका दुइ नदीसहित देशभरका चार वटा नदीमा सर्तकता तहभन्दा बढी वर्षा भएकाे छ ।

सुदूरपश्चिम प्रदेशकाे दार्चुलास्थित महाकाली नदी र कैलालीकाे चिसापानीमा सर्तकता तहभन्दा बढी वर्षा भएकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार दार्चुलाकाे महाकालीमा २४ घण्टामा सर्तकता तह र चिसापानीमा सर्तकता तहभन्दा बढी वर्षा भएकाे छ । महाशाखाका अनुसार महाकालीमा २४ घण्टामा एक सय ४० मिलिलिटर वर्षा भएकाे छ भने चिसापानीमा २४ घण्टामा एक सय ४८ दशमलब चार मिलिलिटर वर्षा भएकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा एक सय मिलिलिटर, १२ घण्टामा एक सय २० मिलिलिटर र २४ घण्टामा एक सय ४० मिलिलिटर वर्षालाइ सर्तकता मानिएकाे छ ।

महाकालीमा १ घण्टामा ८ दशमलब चार मिलिलिटर, तीन घण्टामा १४, छ घण्टामा ५० दशमलब छ मिलिलिटर, १२ घण्टामा एक सय २२ र २४ घण्टामा एक सय ४० मिलिलिटर वर्षा भएकाे छ भने चिसापानीमा एक घण्टामा शून्य दशमलब चार, तीन घण्टामा शून्य दशमलब ६ मिलिलिटर, ६ घण्टामा ६३ दशमलब चार मिलिलिटर, १२ घण्टामा एक सय ४७ दशमलब चार मिलिलिटर र २४ घण्टामा एक सय ४८ दशमलब चार मिलिलिटर वर्षा भएकाे छ ।

महाशाखाले नदी सतह भने स्थिर रहेकाे जनाएकाे छ । देशभरीमा अहिले धनकुटाकाे काेशी नदीकाे बहावले सर्तकता तह पार गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार