१८ बैशाख २०८१, मंगलवार

बलात्कारको आरोपमा फरार रहेकालाई अझै पक्राउ नगरेको भन्दै घोडाघोडीमा प्रदर्शन



धनगढी । कैलालीको घोडाघोडीमा बलात्कारको आरोपमा फरार रहेकालाई अझै पक्राउ नगरेको भन्दै प्रदर्शन गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल ,घोडाघोडी नगर कमिटी तथा अनेरास्ववियू जिल्ला कमिटी कैलालीको संयुक्त आयोजनामा आइतबार सुखडमा बलात्कारको आरोपमा फरार रहेकालाई पक्राउ तथा नगरपालिकाको गाडीमा आगजनी गर्नेलाई पक्राउको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

लिटिल चोक बाट सुरु गरिएको प्रदर्शन सुखड चोकमा गइ कोणसभामा परिणत गरिएको थियो । कोणसभा पश्चात् कार्यक्रममा बोल्दै नेकपा नगर कमिटी सदस्य शिवराज चन्दले नगरपालिकामा अपराधीक घटनाहरु बढी भइरहेपनी प्रहरी प्रशासन मौन रहेको आरोप लगाए ।

आफैले जन्माएको छोरीलाई बलात्कार गर्ने बाउ र हाम्रै करबाट खरिद गरि ल्याएको सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने व्यक्तिहरुलाई चाडो भन्दा चाडो पक्राउ गर्न माग गर्दै नगर कमिटी सदस्य चन्दले समयमै अपराधी पक्राउ नपरे नगर मात्र नभइ ,जिल्ला ,प्रदेशका ठाउँमा समेत शसक्त रुपमा आन्दोलनका कार्यक्रमहरु गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार