७ कार्तिक २०८१, बुधबार

डडेल्धुरामा विषालु च्याउ खाँदा एक बालकको मृत्यु, ४ बिरामी



डडेल्धुरा । डडेल्धुरामा विषालु च्याउ खाँदा बालकको मृत्यु भएको छ। भने ४ जना बिरामी परेका छन् ।

जिल्लाको नवदुर्गा गाउँपालिकामा वडा नम्बर ३ मा जंगलबाट टिपेको विषालु च्याउ खाँदा ८ वर्षीय बालक ललित धामीको मृत्यु भएको हो।

डडेल्धुरा अस्पतालमा उपचार सँभब नभएपछि धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शव परीक्षणका लागि सेती अस्पताल कैलालीमै राखिएको छ। यस्तै च्याउ खादा मृतककी आमा बिस्ना धामी र तीन दिदीबहिनी बिरामी परेका छन्।

उनीहरु डडेल्धुरा अस्पतालमा उपचार भएपछि भईरहेको छ ।उनीहरुको पनि सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार