१० श्रावण २०८१, बिहीबार

निर्मला पन्तका हत्यारालाई कार्बाहीको माग गर्दै श्रदान्जली सभा



कैलाली । कंचनपुरको भीमदत्तनगरपालिका उल्टा उल्टाखामकी १३ बर्षीया किशारी निर्मला पन्तको हत्यारालाई कार्बाहीको माग गर्दै कैलालीका युबाहरुले श्रदान्जली शभा गरेका छन ।

सरकारले निर्मलाका हत्यारालाई कार्बाही गर्नु पर्ने माग राख्दै आइतबार कैलालीको द साईनिङ्ग धनगढी क्लबले श्रदान्जली सभा गरेको हो । २ बर्ष पुग्दा समेत निर्मलाका हत्यारालाई कार्बाही गर्न नसक्नु सरकारको कमजोरी भएको भन्दै अबका दिनमा यस्ता घटना दोहोरीन नदिन पन्तको सम्झनामा श्रदान्जली सभा गरेको क्लबका अध्यक्ष गजेन्द्र सिह बोहोराले जानकारी दिए ।

सभामा धनगढी उपमहानगरपालिका १३ का वडा अध्यक्ष बिजयराज जोशी ले सरकारले निर्मला पन्तका हत्यारालाई कार्बाही गर्न नसक्नु दुखदायि भएको बताए । २ बर्ष बितिसक्दा पनि प्रहरी पन्तका अपराधी नजिक पुग्न नसक्नु सुरक्षकर्मी र सरकारकोे गल्ती भएको भन्दै अध्यक्ष जोशीले सरकार यो घटनामा पुर्णरुपमा उदासीन छ ।

त्यसैगरी नेपाली काग्रेसका क्षेत्र नं ६ का पुर्ब क्षेत्रिय सभापति हरिश खडकाले निर्मला पन्तका हत्यारालाई सरकारले कार्बाही गरेर देखाए मात्र सरकार भएको अभास हुने बताए । उनले २ बर्ष बिती सक्दापनि सरकारले पन्तका हत्यारालाई कार्बाही गर्न नसक्नु दुखदायी भएको बताए । दुई बर्ष अघि साउन १० गते साथीको घरमा स्कुलको गृहकार्य गर्न गएकी पन्तको बलत्कार पछि हत्या गरिएको शब साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार