७ कार्तिक २०८१, बुधबार

अपाङगता भएका व्यक्तिहरुलाई राहत वितरण



धनगढी । कैलालीको जोशीपुरका अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न राहत वितरण गरिएको छ ।

कमैया प्रथा उन्मुलन समाज कैलाली र क्रीस्चियन एड नेपालको साझेदारीमा संचालित मुक्त कमैयाहरुको हक अधिकार तथा मर्यादा अभिवृद्धि परियोजना अन्र्तगत जोशीपुर गाउँपालिका वडा नम्बर ६ मा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई आइतबार खाद्यान्न राहत वितरण गरिएको हो ।

सो गाउँपालिकाका ३१ जना घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको परियोजना संयोजक सुरज परियारले बताए ।
उनीहरुलाई जोशीपुर गाउँपालिकाका वडा अध्यक्ष नत्थुप्रसाद डगौंराले खाद्यान्न वितरण गरेका थिए ।

परियोजना संयोजक परियारका अनुसार प्रति परिवार २५ किलो चामल, दुई किलो दाल, एक किलो नुन, दुई वटा सावुन वितरण थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार