१० श्रावण २०८१, बिहीबार

अाफन्तबाटै बालिका बलात्कृत



डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका–४ की १५ वर्षीय बालिका बलात्कृत भएकी छन् । मानसिक अवस्था सुस्त रहेकी बालिकालाई चाउचाउ र चुईगम दिएर गत फागुनदेखि निरन्तर बलात्कार गरिएको खुलेको छ । उनलाई सोही ठाउँका नाता पर्ने दुई जनाले बलात्कार गरेको बालिकाले बताएकी छन ।

दिउँसो गाईबाख्रा चलाउन गएको समयमा आरोपित दुवै जनाले कहिले चाउचाउ त कहिले चुईगम दिएर बलात्कार गर्ने गरेको बालिकाले बताइन् ।
बालिकाको महिनावारी रोकिएको र बालिकाको स्वास्थ्यमा समस्या देखापरेपछि स्वास्थ्य चेकजाँच गराउँदा ४ महिनाको गर्भ रहेको जानकारी पाएको पिडित बालिकाकी आमाले बताइन् । नातामा आफन्त पर्ने दुवैले बलात्कार गरेको कुरा कसैलाई भने ज्यान मार्ने धम्की दिएकोले कसैलाई नभनेको पिडीत बलिकाले बताइन् । 

आरोपित दुवै जना विरुद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा पिडित बालिकाका आफ्न्तहरुले उजुरी दर्ता गराएका थिए । प्रहरीले आरोपितहरुमध्ये एक जनालाई सोही दिन र अर्कालाई पक्राउ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्र बहादुर बोहराले बताए । ‘दुवै जना बालिकाका नाता पर्ने रहेछन्, एक जना हजुरबुवा एक जना काका । उजुरीपछि दुवै जनालाई पक्राउ गरी अदालतबाट १० दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान भईरहेको छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार