१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिमका २३०२ जना डिस्चार्ज



धनगढी । सुदूरपश्चिम प्रदेशमा नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट निको हुनेको संख्या दुई हजार तीन सय दुई पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा आइतबारसम्म सो संख्यामा संक्रमितहरु निको भएर घर फर्किएका छन् । अन्य प्रदेशहरुमा सक्रिय संक्रमितको संख्या निकै कम भइसकेको भएपछि सुदूरपश्चिम प्रदेशमा अझै एक हजार नौ सय १८ आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ४० रहेको जनाए ।
उनका अनुसार सुदूरपश्चिममा कुल संक्रमितको संख्या चार हजार ८३ पुगेको छ । देशभर पाँच सय भन्दा बढि संक्रमित रहेको तीन जिल्लामा सुदूरपश्चिमको कैलाली र बाजुरा परेको छ । आइतबारसम्म सुदूरपश्चिम प्रदेशमा चार हजार आठ सय ३३ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेको उनले बताए ।
उनले नेपालमा पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाए । उनका अनुसार २४ घन्टामा ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म १३ हजार एक सय २८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । नेपालमा कुल संक्रमितको संख्या १८ हजार ६ सय १३ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार